सोमबार, भाद्र १ गते २०८३
images

अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

  • 3.6K
    SHARES
  • जेठ १९, २०७६ आइतबार

    वाशिङटन । अब देखि अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण पनि पेश गर्नुपर्ने भएको छ । अमेरिकाले भिसा आवेदनका लागि सामाजिक सञ्जालका सम्पूर्ण गतिविधिहरु आवेदनसँगै पेश गर्नुपर्ने नियम लागू गरेको हो ।

    आवेदकले सामाजिक सञ्जालको नाम, ५ वर्ष यताका इमेल ठेगाना र फोन नम्बर पेश गर्नुपर्ने छ ।

    गत वर्ष नै यो नियम प्रस्ताव गरिएको थियो । यो नियमले वार्षीक १४.७ मिलियन मानिसलाई प्रभाव पार्ने बताइएको छ । तर यो नयाँ नियम कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने लागू नहुने बताइएको छ । अमेरिकामा काम गर्न वा पढ्नका लागि जानेहरुलाई भने यो नियम अनिवार्य रुपमा लागू हुने छ ।

    यस अघि आतंकवादी नियन्त्रित क्षेत्रका मानिसहरुले मात्र सामाजिक सञ्जालका गतिविधि बुझाउनु पर्थ्यो

    आवेदकको एकाउन्टको नाम तथा उनीहरुले चलाइरहेका सामाजिक सञ्जालहरुको नामसमेत दिनुपर्ने भएको छ ।

    बीबीसीका अनुसार कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूठो बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम समेत भोग्नुपर्ने एक अधिकारीले बताएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार