मंगलबार, भाद्र २ गते २०८३
images

अफगानिस्तानमा कार बम विस्फोटनमा आठ जनाको मृत्यु

  • 3.2K
    SHARES
  • जेठ १९, २०७६ आइतबार

    अफगानिस्तान । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

    देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

    स्थानीय समय अनुसार शनिबार बेलुका ९।५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।

    विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ ।

    घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिएका छन ।

    दुर्भाग्यबस ८ जना प्रहरी अधिकारीहरु मारिएका छन् र अरु सात जना घाइते भएका छन् । विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको छ, खानले बताएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार