काठमाडौं । भारतीय वायुसेनाको एक विमान बेपत्ता भएको छ।
खबरअनुसार वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि उडेको थियो।
जोरहाटबाट १२ बजेर २५ मिनेट जाँदा उडेको सो विमान दिउँसो १ बजेबाट सम्पर्कबाहिर गएको हो।
सेनाका एक प्रवक्ताका अनुसार सो विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु रहेका थिए।
विमानको खोजीका लागि सबै संयन्त्र प्रयोग गरिए पनि अहिलेसम्म कुनै खबर नआएको वायुसेना स्रोतले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
यसअघि पनि भारतीय वायु सेनाको एएन ३२ कलसाइन भएको अर्को विमान सन् २०१६ मा चेन्नईबाट अन्डमान जाने क्रममा पनि बेपत्ता भएको थियो।
त्यतिबेला उक्त विमानमा सेनाका १२ जवान, ६ चालक दलका सदस्य, २ अन्य सैनिकका साथ एकै परिवारका ८ जना सवार थिए।
सो विमान अहिलेसम्म पनि भेटिएको छैन।