सोमबार, भाद्र १ गते २०८३
images

संयुक्त कारबाहीमा २० जना आतङ्ककारीको मृत्यु

  • 3.4K
    SHARES
  • जेठ २१, २०७६ मंगलबार

    लेगोस । नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।

    नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गरेको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ ।

    लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता एन्टीघाले बताएका छन ।

    इस्लामिक लडाकूसँगको भिडन्तका क्रममा गोली लागेर सेनातर्फ चार जना घाइते भएका थिए । संयुक्त सेनाले गत फेब्रुअरीमा पनि बोको हराम समूहमा आबद्ध लडाकूहरु बिरुद्ध संयुक्त सैनिक कारबाही गरेको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार