सोमबार, भाद्र १ गते २०८३
images

पुरष नर्सले ८५ जना बिरामीको हत्या गरेको पुष्टि

  • 3.7K
    SHARES
  • जेठ २३, २०७६ बिहीबार

    जर्मनीका एक पूर्व पुरष नर्सले ८५ जना बिरामीको हत्या गरेको पुष्टि भएको छ।

    दुईवटा अस्पतालमा काम गर्ने क्रममा निल्स होगेलले ८५ जनाको हत्या गरेको अदालतले पुष्टि गरेको हो।

    दुईवटा हत्या अभियोगमा दोषी उनी पहिल्यैदेखि आजीवन जेल सजाय व्यतित गरिरहेका छन्। कारावासको सजाय भोग्न अगाडि होगेलले सन् १९९९ देखि २००५ को अवधिमो हृदय रोगीलाई घातक खोप लगाएर हत्या गरेको पुष्टि भएको थियो।

    त्यसपछि उनीमाथि थप अनुसन्धान थालिएको थियो। अनुसन्धानमा उनले आफूले दर्जनौंको हत्या गरेको बताएका हुन्।

    होगल जर्मनीको आधुनिक इतिहासका प्रख्यात हत्यारा हुन्। अनुसन्धानकर्ताका अनुसार होगेलले बिरामीलाई आक्रमण गरेर घाइते बनाउँथे।

    घाइतेलाई उपचार गरेर निको बनाउने र सहकर्मीलाई प्रभावमा राख्ने उदेश्यले उनले बिरामीलाई घाइते बनाउथे। तर निको नभएपछि बिरामीको मृत्यु हुन्थ्यो।

    होगेलका पूर्व सहकर्मीसँगको कुराकानीको आधारमा अनुसन्धानकर्ताले उनको यथार्थ पत्ता लगाएका हुन्।

    हाल होगेल ४८ वर्षका भए। उनले ५५ जनाको हत्या गरेको आफैंले बताएका हुन्। बाँकी अनुसन्धानको आधारमा पत्ता लागेको जनाइएको छ। एजेन्सी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार