सोमबार, भाद्र १ गते २०८३
images

प्रेमीकासँग भेट्न विमानको नक्कली हाइज्याक

  • 4.2K
    SHARES
  • जेठ ३०, २०७६ बिहीबार

    काठमाडौं । प्रेमीकासँग भेट्न विमान हाइज्याकको नाटक गर्ने एक भारतीय व्यापारीलाई आजीवन जेल सजाय सुनाइएको छ। उनलाई ५ करोड भारतीय रुपैयाँसमेत जरिवाना गरिएको छ।

    व्यापारी बिर्जु सल्लाले सन् २०१७ मा दिल्लीदेखि मुम्बई उड्ने जेट एयरवेजको विमानमा विमान हाइज्याक भएको पत्र लेखेर छाडेका थिए।

    विमान अपहरण भएको भनेर लेखिएको नक्कली पत्र विमानको शौचालयमा राखिएको थियो।

    पत्रमा बिमानलाई १२ जना अपहरणकारीले नियन्त्रणमा लिएको साथै विमानभित्र बिस्फोटकहरु भएको बताइएको थियो। साथै विमानलाई पाकिस्तानको नियन्त्रणमा रहेको कास्मिरमा रोक्न भनिएको थियो।

    बिर्जुले आफ्नो कार्यालयबाट निस्कन अगाडि आफूले नक्कली पत्र विमानमा छाड्न लागेको त्यहाँ कार्यरत कर्मचारीलाई सुनाएका थिए। यसैको आधारमा उनी पक्राउ परेका थिए।

    जब विमानभित्र त्यहाँका कर्मचारीले चेतावनीपूर्ण भाषाको पत्र देखे। उनीहरुले अहेमदावादमा विमान आपतकालिन अवतरण गराएका थिए। विमानको अवतरणसँगै बिर्जु पक्राउ परेका थिए।

    हालै बिर्जुलाई आजीवन जेल सजायको फैसला सुनाइएको हो। भारतीय संचार माध्यमका अनुसार त्यसबेला बिर्जुका प्रेमीका जेट एयरवेजकै एयर होस्टेस थिइन्।

    बिर्जु जुन विमानमा चढेका थिए सोही विमानमा ती महिलाले काम गर्थिन्। बिर्जुका अनुसार उनले आफ्नी प्रेमीकासँग सँगै बस्न पाउने उदेश्यले विमानमा नक्कली पत्र राखिदिएका थिए।

    बिर्जुसँग प्रेमीका सँगै बस्न मानिरहेकी थिइनन्। बिर्जुका अनुसार यस घटनापछि प्रेमीकाले विमानको जागिर गुमाउने छिन्। त्यसपछि उनी आफूसँथ बस्न राजी हुनेछिन्।

    अनुसन्धानमा बिर्जुले साँच्चै विमान अपहरण गर्ने योजना नबनाएको बताइएको छ। यद्यपी भारतको कानुन अनुसार विमान अपहरण गर्नेलाई कडा सजायको व्यवस्था छ।

    घटना सामान्य छ भने उसले अजीवन लेज सजाय पाउँछ। गम्भीर भए मृत्युदण्ड पाउँछ। बिर्जुबाट ५ करोड रुपैयाँ जरिवाना लिइएको छ। सन् २०१७ का बेला उक्त विमानमा सवार सबैलाई क्षतिपूर्ती स्वरुप पैसा बाँडिने बताइएको छ। एजेन्सी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार