सोमबार, भाद्र १ गते २०८३
images

सोमबार राती आएको भूकम्पमा परि चीनमा एघार जनाको मृत्यु

  • 3.4K
    SHARES
  • आषाढ ३, २०७६ मंगलबार

    चीन । चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।

    देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

    चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०:५५ बजे राती भूकम्प गएको थियो ।

    अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ ।

    भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार