सोमबार, भाद्र १ गते २०८३
images

अमेरिकामा विमान दुर्घटना, ९ जनाको मृत्यु

  • 3.6K
    SHARES
  • आषाढ ७, २०७६ शनिबार

    अमेरिकाको हवाई राज्यस्थित ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ।

    शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा ९ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

    हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ।

    स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ।

    खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन्।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार