सोमबार, भाद्र १ गते २०८३
images

कांग्रेस प्रवक्ताको गोली हानेर हत्या

  • 5.1K
    SHARES
  • आषाढ १२, २०७६ बिहीबार

    काठमाडौं । भारतको हरियाणाको फरीदाबादमा भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको छ । चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन् ।

    गोली लागेपछि ढलेका चौधरीलाई सर्वोदय अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका उनलाई डाक्टरले बचाउन सकेनन् । घटनास्थलमा १२ वटा गोलीका खोल भेटिएका छन् ।

    प्रहरीका अनुसार दुई जना व्यक्तिले चौधरीमाथि गोली वर्षाएका थिए ।

    विकास चौधरीको हत्यापछि हरियाणा कांग्रेसका अध्यक्ष अशोक तन्वरले ‘जंगल राज’ को प्रतिक्रिया दिएका छन् । कानुनको कसैलाई डर नभएको बताउँदै उनले हत्याको गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

    मृतक चौधरी हरियाणा कांग्रेसका प्रदेश प्रवक्ता हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार