चौथो हप्तामा प्रदर्शन भइरहेको रणवीर सिंहको सिम्बाले कमाउला त २५० करोड ?
![]()
सन् २०१८ को अन्तमा रिलीज भएको रणबीर सिंहको चलचित्र सिम्बाले बक्स अफिसमा धमाका मच्चाउदै राम्रो आम्दानी गरिरहेको छ। चलचित्र लगातार प्रदर्शन गर्दैछ। यद्यपि, जनवरी २०१९ को दोश्रो हप्तामा विक्की कौशलको फिल्म उरी : द सर्जिकल स्ट्राइक;चलचित्रको रिलीजले फिल्मलाई प्रभावित गरेको छ। तर सिनेमाले रिलीज भएको तीन हप्ता पछि पनि दर्शकहरूलाई आकर्षित गर्दै आएको छ।
व्यापार विश्लेषक तारण एड्रशको ट्वीट अनुसार भारतमा प्रदर्शनको चौथो हप्तामा फिल्मले ३.७३ करोड कमाएको छ । फिल्मले शुक्रबार बिहान १.२२ करोड र आइतबार १.८५ करोड रुपैयाँ कमाएको थियो । रिलीजको चौथो हप्ता चलचित्रको आय बढेको हो । भारतीय बजारमा सिम्बाले कुल आय २३६.२२ करोड कमाएको छ । फिलिम अब २४० करोड तर्फ लागेको छ । यधपी फिल्मले २५० करोड कमाउन गाह्रो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्