सोमबार, भाद्र १ गते २०८३
images

ट्रम्प र किमले कोरियाली सीमा क्षेत्रमा हात मिलाए

  • 3.3K
    SHARES
  • आषाढ १५, २०७६ आइतबार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन कोरियाली सीमा क्षेत्रमा वार्ताका लागि उपस्थित भएका छन्।

    सीएनएनका अनुसार किम र ट्रम्पले गैरसैन्य क्षेत्रमा हात मिलाएर शान्तिको सन्देश दिएका छन्।

    केहीबेरमा दुवैबीच वार्ता हुँदैछ। ट्रम्प र किमबीच यो तेस्रो भेट हो।

    गतवर्षको जुन महिनामा ट्रम्प र किमबीच पहिलो शिखर वार्ता भएको थियो। त्यसपछि गत फेब्रुअरी महिनामा ट्रम र किमबीच दोस्रो शिखर वार्ता भएको थियो।

    उत्तर कोरियामाथिको पूर्ण प्रतिबन्ध अमेरिकाले हटाउन नमानेपछि वार्ता असफल भएको थियो।

    उत्तर कोरियाले पूर्ण रुपमा क्षेप्यास्त्र निशस्त्रीकरण गर्नुपर्ने अमेरिकी भनाइ छ।

    उत्तरले अमेरिकाले प्रतिबन्ध हटाए मात्र क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने बताएको छ। यस भेटले समस्या सुल्झाउन मदत पुग्ने अनुमान गरिएको छ।

    शनिबार मात्र ट्रम्पले ट्वीट मार्फत् उत्तर कोरिया र दक्षिण कोरियाको सिमानामा आफूलाई उत्तर कोरियाली नेता किम भेट्न मन भएको जनाएका थिए।

    आइतबार नै ट्रम्पको निमन्त्रणालाई स्वीकार गरेर किम सीमास्थित गैर सैन्य क्षेत्रमा ट्रम्पलाई भेट्न आएका हुन्।

    आइतबारको भेट अगाडि ट्रम्पले आफूले किमलाई अमेरिका भ्रमणको निम्तो दिने बताएका थिए। 

    सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति उत्तर कोरियाको भूमिमा पसेका थिए। उनले उत्तरको भूमिमा २० पाइला चालेको जनाइएको छ। अमेरिकी राष्ट्रपतिको पदमै रहँदा उत्तर कोरियामा पाइला टेक्ने ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति बनेका छन्।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार