बीबीसी । हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण भएको २२ औं वार्षिकोत्सवमा हङकङका प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
सोमबार भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले खुसार्नीको धूलो र लाठी प्रयोग गरेका छन । हस्तान्तरणको सम्झना वार्षिक रुपमा झण्डोत्तलन हुने स्थानमा गएका प्रर्दशनकारी पुगेपछि अवस्था तनावपूर्ण बनेको हो ।
प्रदर्शनकारीको एउटा समूह सरकारी भवनभित्र पस्न खोजेको थियो ।
पछिल्लो केही समयदेखि एउटा प्रत्यारोपण विधेयक विरुद्ध ठूलो हङकङमा प्रदर्शन भइरहेको परिपेक्षमा यो विरोध आएको छ । त्यस विधेयकले हङकङका नागरिकलाई आवश्यक पर्दा मुद्दा मामिलाको लागि मुलभूमि चीन पठाउन सकिने व्यवस्था गरेको छ ।
हङकङ प्रशासनले विधयक फिर्ता लिने बताएको भए पनि ¥याली भने थामिएको छैन । पछिल्लो विरोध ¥यालीमा हङकङकी प्रमुख कार्यकारी क्यारी ल्यामको राजीनामाको माग आउन थालेको थियो ।
प्रत्येक वर्ष हङकङ चीनलाई हस्तान्तरण भएको वर्षगाँठमा लोकतान्त्रिक पक्षधर समूहले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।
सोमबार अन्य वर्षभन्दा ठूलो ¥याली हुने अनुमान गरिएको छ । तर यस पटक प्रहरीले सुरक्षा खतरा रहेको भन्दै कार्यक्रम आयोजकलाई कार्यक्रम रद्द गर्न अथवा छोट्याउन आह्वान गरिरहेको छ ।