सोमबार, भाद्र १ गते २०८३
images

भिरबाट बस खस्दा ३५ जनाको मृत्यु

  • 4.0K
    SHARES
  • आषाढ १६, २०७६ सोमबार

    काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको किश्तवाडमा मिनी बस दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । बस भिरबाट खस्दा ठूलो मानवीय क्षति हुने गरी दुर्घटना भएको हो । घटनामा १७ जना घाइते भएका छन् ।

    बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घाइते भएका मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

    किश्तवाडबाट केशवन गाउँका लागि छुटेको बस दुर्घटनामा परेको हो । किश्तवाड जिल्ला श्रीनगरबाट ३०० किलोमिटर पर पर्छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार