सोमबार, भाद्र १ गते २०८३
images

लिबियाको आप्रवासी बन्दीगृहमा हवाई हमला हुँदा ४० जनाको

  • 5.9K
    SHARES
  • आषाढ १८, २०७६ बुधबार

    काठमाडौं । लिबियास्थित एक बन्दीगृहमा हवाई हमला हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ।

    अधिकारीहरूका अनुसार लिबियाको राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको हो। जहाँ आप्रवासी राखिएको छ।

    उक्त बन्दी गृहमा भएको हवाई हमलामा ८० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

    मारिनेमा धेरैजसो अफ्रिकी आप्रवासी रहेको समाचारमा जनाइएको छ।

    आपत्कालीन सेवासम्बन्धी निकायका प्रवक्ता ओसामा अलीले हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र रहेको समाचार संस्था एएफपीसँग बताएका छन्। 

    अहिलेसम्मको मृतकको सङ्ख्या ुप्रारम्भिकु भएकोले मृतकको स‌ख्या बढ्नसक्ने उनको भनाइ छ। 

    पछिल्ला वर्ष युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानबिन्दु बन्ने गरेको छ।

    लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिबियामा हिंसा फैलिएको छ। 

    शक्तिशाली खलिफा हफ्तरले नेतृत्व गरेको एलएनए हमला भएको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता पाएको लिबियाको सरकारप्रति बफादार फौजविरूद्ध लडिरहेको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार