सोमबार, भाद्र १ गते २०८३
images

डुंगा डुब्दा कम्तिमा २६ जनाको मृत्यु

  • 3.2K
    SHARES
  • आषाढ १९, २०७६ बिहीबार

    एजेन्सी । होण्डुरसमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुब्दा कम्तिमा २६ जनाको ज्यान गएको छ ।

    होण्डुरसको तटीय क्षेत्रमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्मीले ४७ जनालाई सकुशल उद्धार गरेका छन् ।

    होण्डुरसको पूर्वी क्षेत्र मोस्क्वीटीको क्यारबियन तटमा डुंगा डुबेको हो । सरकारले माछा मार्न लगाएको प्रतिबन्ध फुकुवा गरेपछि ७० टनको डुंगामा मछुवारहरु माछा मार्न गएका थिए । डुंगा डुब्नुको कारण खुलेको छैन र यसबारे अनुसन्धान सुरु भएको जनाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार