आइतबार, श्रावण ३१ गते २०८३
images

बाँध भत्किँदा ३४ को मृत्यु , ३ सय अझै बेपत्ता : ब्राजिल

  • 2.8K
    SHARES
  • माघ १३, २०७५ आइतबार

    १३ माघ, काठमाडौं । ब्राजिलमा  खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् ।   करिब ३ सय जना हराइरहेका छन् । 

     

     बीबीसीका अनुसार, हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको थियो । ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती भएको हो ।

    हराइरहेकाहरुको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरु लागिपरेका छन् । माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् ।

     

    भत्किएको बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको हो । बाँध भत्कनुको कारण खुलेको छैन । ब्राजिलको मिनज जराइसस्थित मारिआनामा तीन वर्षअघि पनि बाँध भत्किएको थियो । जसमा १९ जनाले ज्यान गुमाएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार