बिहीबार , कार्तिक २० गते २०८३
images

स्वस्तिमा र विपिन उत्कृष्ट नायक-नायिका, तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान

  • 6.4K
    SHARES
  • आषाढ २८, २०७६ शनिबार

    काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायक र नायिका उपाधि स्वस्तिमा खड्का र विपिन कार्कीले पाएका छन्। स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक नायिकाको सम्मान प्राप्त गरेका हुन्


    यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको छ। उनलाई नगद ३ लाख ५१ हजार अनि सम्मानपत्र सहित सम्मान गरिएको हो।

    राष्ट्रिय चलचित्र पुरस्कार २०७५ ११ ओटा विधामा प्रदान गरिएको थियो। जसमा,

    उत्कृष्ट चलचित्र – ‘गोपी’
    उत्कृष्ट निर्देशक – ‘बुलबुल’ बाट बिनोद पौडेल
    उत्कृष्ट सम्पादन – ‘साँइली’ बाट निमेष श्रेष्ठ
    उत्कृष्ट छायांकन – ‘समर लभ’ बाट संजय लामा्
    उत्कृष्ट लेखन – ‘गोपी’बाट दिपेन्द्र लामा
    उत्कृष्ट पटकथा तथा संवाद – सामिप्यराज तिमिल्सिना
    जुरी प्रोत्साहन सम्मान – ‘भोर’ बाट पूजा कर्ण
    चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान – ‘छक्का पन्जा ३’ निर्माण ब्यानर आमा सरस्वती मुभिज
    उत्कृष्ट चलचित्र ९आदिवासी, जनजाति, विभिन्न मातृभाषी० – रिजे नासाँ

    विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ ।

    बिजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन्। कार्यक्रम राष्ट्रपति भवन शित्तल निवासमा भएको थियो।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार