आइतबार, श्रावण ३१ गते २०८३
images

डिशहोमको सवैभन्दा कम मासिक शुल्क

  • 6.1K
    SHARES
  • माघ १३, २०७५ आइतबार

    नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. ले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमानै सवै भन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ जस अन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको रु २५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण HD च्यानलहरु समावेश भएको मिडियम प्याकेजको रु ३००, सम्पुर्ण HD र उत्कृष्ट SD च्यानलहरु भएको सुपर एच डि प्याकेज रु ३५० र सम्पुर्ण HD तथा HD च्यानलहरु भएको प्रिमिएम एच डि प्याकेज रु ४०० प्रति महिनामा उपलब्ध गराएको छ । २०७५ माघ १० गतेवाट नयाँ Activation मा यो योजना लागुहुने छ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गर्नुभएका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मुल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा DishHome का आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध छ ।

    नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोमल ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सवै भन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाख भन्दा वढी परिवारहरु ले प्रयोग गरिरहेका छन् । रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभि जस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँ रिलिज नेपाली सिनेमा घरमा नै वसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ ।

    यसै गरि चौविसै घण्टा संचालन हुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकहरुले आफै सेवा लिन सक्ने मोवाईल एप र नेपालको कुनै पनि गाँउपालिका तथा नगरपालिका र त्यस भित्रका हरेक वडाहरुमा विक्रि पछिको सेवा प्रदान गर्न सक्ने क्षमता समेत डिशहोममा रहेको छ । नेपालको पे टिभि इन्डस्ट्रीमा सवै भन्दा ठुलो वजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनी मध्ये पर्दछ । दिर्घकालिन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरिय सेवा र हरेक नेपालिलाई सुचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष लिएको डिशहोम आगामी दिनहरुमा यस्तै वजारमुखी सेवाहरु थप गर्दै जाने योजनामा छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार