सोमबार, भाद्र १ गते २०८३
images

जम्मु-कश्मिरको विशेष अधिकार खोस्ने भारत सरकारको प्रस्ताव

  • 3.0K
    SHARES
  • श्रावण २०, २०७६ सोमबार

    काठमाडौं । भारत सरकारले जम्मु-कश्मीरलाई विशेष राज्यको दर्जा दिइएको संविधानको धारा ३७० खारेज गर्न संसदमा प्रस्ताव गरेको छ । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सोमबार राज्य सभामा यो प्रस्ताव पेश गरेपछि विपक्षीहरुले विरोध गरेका छन् । विपक्षीको विरोधका कारण केहीबेरका लागि संसद बैठक स्थगित गरिएको छ ।

    धारा ३७० मा के छ ?

    दोस्रो कार्यकालको लागि अत्यधिक बहुमत पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादस्पद कश्मिर राज्यका सन्दर्भमा अहिलेसम्मकै ठूलो र कठोर फैसला गरेका छन् । भारतीय संविधानको धारा ३७० ले जम्मु-कश्मीरलाई विशेष राज्यको दर्जा दिएको छ । यही दर्जाअनुसार जम्मु-कश्मीरमा भारतका कतिपय कानुन लागू हुँदैन । जुन यसप्रकार छन् ।

    १. जम्मु-कश्मीरका नागरिकसँग दोहोरो नागरिकता हुन्छ ।

    २. जम्मु-कश्मीरको राष्ट्रियध्वजा अलग हुन्छ ।

    ३. जम्मु-कश्मीरभित्र भारतको राष्ट्रिय ध्वजा वा राष्ट्रिय प्रतीकको अपमानलाई अपराध मानिँदैन ।

    ४. जम्मु-कश्मीरभन्दा बाहिरका व्यक्तिले त्यहाँ घरजग्गा खरिद गर्न पाउँदैनन् ।

    ५. जम्मु-कश्मीरको विधानसभाको कार्यकाल ६ वर्षको हुन्छ, जबकी भारतको अन्य राज्यको विधानसभाको कार्यकाल पाँच वर्षको छ ।

    ६. भारतको सर्वोच्च अदालतको आदेश जम्मु-कश्मीरलाई मान्य हुँदैन ।

    ७. भारतको संसदले जम्मु-कश्मीरको सम्बन्धमा अत्यन्त सीमित क्षेत्रमा कानुन बनाउन पाउँछ ।

    ८. जम्मु-कश्मीरको कुनै पनि महिलाले यदि भारतको कुनै राज्यको व्यक्तिसँग बिहे गरेमा ती महिलाको नागरिक समाप्त हुन्छ । यसको विपरित यदि जम्मु-कश्मीरकी महिलालाई यदि पाकिस्तानको नागरिकले बिहे गरेमा उसले पनि जम्मु-कश्मीरको नागरिकता पाउँछ ।

    ९. कश्मीरका महिलामा शरियत कानुन लागू हुन्छ ।

    १०. कश्मीरमा पञ्चायतको अधिकार छैन ।

    ११. कश्मीरका अल्पंख्यक हिन्दू र शिख समुदायले १६ प्रतिशत आरक्षण पाउँदैनन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार