काठमाडौं । कारण सिस्टममा क्षति पुगेपछि ब्रिटिस एयरवेजका ९१ वटा उडान रद्द भएका छन् भने २ सयभन्दा बढी उडानमा ढिलाइ भएको छ।
टेलिग्राफका अनुसार लण्डनको हिथ्रो बिमानस्थलबाट उड्ने ८१ वटा उडान र ग्याटविकका १० उडान रद्द भएका हुन्।
रेल्वे कार्यालयमा लागेको आगलागीका कारण ब्रिटिस एयरवेजको कम्युटर सिस्टममा समस्या आएपछि उडानहरु रद्द भएका हुन्।
२ सयभन्दा बढी उडान कम्तीमा पाँच घन्टा ढिलाइ भएका छन्।
ब्रिटिस एयरवेजका एक प्रवक्ताका अनुसार यो समस्या लण्डनमा मात्र भएको हो भने विश्वका अन्य स्थानका कम्युटर सिस्टममा भने यस्तो समस्या छैन। ‘हामी यो समस्या समाधानमा लागिरहेका छौँ,’ उनले भने।