मंगलबार, भाद्र २ गते २०८३
images

कश्मीर काण्डमा ५ सय भन्दा धेरै पक्राउ, मोदीले आज सम्बोधन गर्ने

  • 2.7K
    SHARES
  • श्रावण २३, २०७६ बिहीबार

    काठमाडौं । कश्मीरमा सञ्चार अवरुद्ध गरी कफ्यू लगाएपछि भारत सरकारले ५ सय भन्दा धेरैलाई पक्राउ गरिसकेको छ ।

    चौथो दिन पनि कश्मीरीहरु आफ्नो घरभित्रै बस्न बाध्य भएका छन् । त्यस क्षेत्रका अधिकांश नेतालाई नजरबन्द वा केहीलाई पक्राउ नै गरिएको हो । यससँगै प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल बुधबार नै कश्मीरमा पुगेका छन् । बिहीबार भने मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    मोदी सरकारले यही साता कश्मीरले संविधानतः पाएको स्वायत्तताको विशेषाधिकार खारेज गरिदिएको छ । प्रतिपक्षी दल कांग्रेस लगायत केही अभियन्ताले भने यसको विरोध गर्दैआएका छन् ।

    कश्मीर घटनापछि विकसित अजस्थालाई मोदीले बिहीबार सम्बोधनमा समेट्ने बताइएको छ । भारत सरकारको पछिल्लो निर्णयलाई छिमेकी मुलुक पाकिस्तानले भने अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रिया सुरु गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार