मंगलबार, भाद्र २ गते २०८३
images

“अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लि. बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर”

  • 5.0K
    SHARES
  • श्रावण २४, २०७६ शुक्रबार

    आईएमईग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहनअधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ ।

    यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज  ७०% सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनुभएको छ । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमतिभएको छ ।

    रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स,  , अटो मोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार