राक- झापाली समाज युएई राक क्षेत्रीय समितिले आफ्नो क्षेत्रका ३ जना पदाधिकारीलाई बिदाई गरेको छ ।
वैदेशिक रोजगारीको यात्रालाई टुंङ्ग्याएर नेपाल फर्किन लागेका झापाली समाज युएईका आजीवन सदस्यसमेत रहेका राक क्षेत्रका ३ पदाधिकारीलाई गत २९ अगस्ट बिहिवार बिदाई गरिएको हो ।
समाजको गतिविधिमा सँधै सक्रिय र समाजको हितको लागि सँधै समर्पित राक क्षेत्रीय समितिका सचिव रुकमान थापा मगर साथै सदस्यहरु कमल अधिकारी र उमेश थापालाई एक कार्यक्रम गरी बिदाई गरिएको राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीको क्रममा युएईमा रहँदा समाजका महत्त्वपूर्ण अभियानमा साथ दिएका तीन जिम्मेवार हस्तीहरुलाई एकै मञ्चबाट बिदाई गर्नुपर्दा भावुक भएको प्रसङ्ग उठाउँदै तीन युवाहरुले स्वदेशमै रहेर पनि समाजको हितको पक्षमा काम गर्न सक्ने आशा अध्यक्ष बुढाथोकीले व्यक्त गरेको बताएका छन् ।
बिदाई कार्यक्रममा उपस्थित समाजका अन्य पदाधिकारीले ३ जनाको अभावको महसुस लामो समयसम्म रहने भन्दै नेपालमै बसी कर्मशील बन्न सुझाव दिएका थिए ।
झापाली समाज युएई राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकी उपस्थित थिए भने विशेष अतिथिमा केन्द्रीय सदस्य तिलक बुढाथोकी रहेका थिए ।
समितिका सहसचिव युवराज अधिकारीले संचालन गरेको बिदाई कार्यक्रममा रमेश कडरिया, भीम प्याकुरेल, सन्तोष कालिकोटे, राजकुमार घिमिरे, सरु अधिकारी र खेम न्यौपानेले बिदाई कार्यक्रममा सहभागिता जनाएका थिए