नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ बर्षको उमेरमा निधन भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
जबराले राष्ट्रसंघ विकास कार्यक्रम अन्तर्गत रहेर सन १९६२ देखि १९८६ सम्म विभिन्न राष्ट्रहरुमा काम गरेका थिए । जबरा नेपाल सरकारको पुर्व अर्थ सचिव तथा पहिलो गभर्नर हुन । उनि हिमालयन बैंकका संस्थापक पनि हुन ।