आइतबार, श्रावण ३१ गते २०८३
images

एटिएम ह्याक प्रकरण : चिनियाँ दुताबासको चासो, भेट्यो आरोपी ?

  • 5.8K
    SHARES
  • भाद्र १७, २०७६ मंगलबार

    नेपाली बैंकको एटिएम ह्याक गरेर करौडौँ रकम चोरी गर्ने कार्यमा संलग्न ६ जना चिनियाँ नागरिक पक्राउ परेपछी घटनाप्रति  चिनियाँ दूतावासले गम्भीर चासो देखाएको छ । घटनामा आफ्ना नागरिक पक्राउ परेपछि दूतावासले चासो देखाएको हो  ।

    प्रहरीले दरबारमार्गस्थित एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चार जनालाई होटलबाट र अर्को एकलाइ बिमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउ परि हिरासतमा रहेका अभियुक्तलाई चिनियाँ दूतावासबाट आएको टोलीले भेटेको छ भने  प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीसंग पनि भेटेको छ  ।


    प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका छन् । थप एक चिनियाँ नागरिकलाई सोमबार नियन्त्रणमा लिएर उनको संलग्नताबारे अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसरले जनाएको छ ।

    उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र सोमबार ९भदौ १६० गते फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार