शनिबार, श्रावण ३० गते २०८३
images

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

  • 3.6K
    SHARES
  • भाद्र १९, २०७६ बिहीबार

    काठमाडौं । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ ।

    बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिएका छन । 

    महाप्रवन्धक घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।

    संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थिए । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ । 

    ‘आजै कार्यालय समय सकिएपछि बोर्ड बैठक बस्छ र बढेको मूल्य सार्वजनिक गरिन्छ । त्यसमा समयसमेत तोकिन्छ’ महाप्रवन्धक घिमिरेले भने । 

    दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताएका छन । 

    उनले बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने जानकारी पनि दिएका छन । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।  
     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार