शनिबार, श्रावण ३० गते २०८३
images

सुनको मूल्य तोलाकै १४ सयले घट्यो

  • 5.2K
    SHARES
  • भाद्र २१, २०७६ शनिबार

    काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। महासंघका अनुसार आज सुन तोलाको एक हजार चार सय र चाँदी प्रतितोला ४० ले घटेको छ।

    स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ। बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो। बिहीबार पनि छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेको थियो।

    त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार सात सय तोकिएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य नौ सय रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ।

    बिहीबार चाँदी प्रतितोला नौ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार