बुधबार, भाद्र ३ गते २०८३
images

शनिबारबाट सिम्रिक एयरलाइन्सले पुन: उडान थाल्ने

  • 4.8K
    SHARES
  • भाद्र २१, २०७६ शनिबार

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको उडानमा लगाएको प्रतिबन्ध पुनः फुकुवा गरेको छ। प्राधिकरणले भदौ ४ गते सिम्रिक एयरलाइन्सको उडान बन्द गरेको थियो ।

    स्वीकृतिविनै पार्टपुर्जा जहाजमा प्रयोग गरेको जनाउँदै प्राधिकरणले जहाज ग्राउन्डेड गराएको थियो । सिम्रिक एयरलाइन्सले शनिबारबाट पुन: उडान थाल्ने भएको छ ।

    सुरक्षित हवाइ उडानका लागि सिम्रिक एयरलाइन्स प्रतिबद्ध रहेकोले नागरिक उड्डयन प्राधिकरणले पुन उडानका लागि अनुमति दिइसकेको सिम्रिक एयरलाइन्सले बताएको छ ।

    उडानमा रोक लागेपछि सिम्रिकका काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेका पाँचवटा जहाज ग्राउन्डेड भएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार