काठमाडौं । भारत र चीनका सैनिकबीच सीमा क्षेत्र लद्दाखमा झपड भएको छ । भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको हो ।
भारतीय सैनिक गस्तीमा गएका बेला झडप भएको समाचारहरुमा उल्लेख छ । दुई देशका सेनाबीच बिहानै सुरू भएको झडप बुधबार साँझसम्म चलेको थियो।
साँझ दुई पक्षका अधिकारीहरूबीच कुराकानी भएपछि विवाद सल्टिएर अवस्था सामान्य भएको बताइएको छ ।