सोमबार, भाद्र १ गते २०८३
images

तेस्री श्रीमती भित्र्याउन खोज्नेलाई पहिलेका दुई श्रीमतीले गरे रामधुलाई

  • 4.6K
    SHARES
  • भाद्र २७, २०७६ शुक्रबार

    दिल्ली । भारतमा तेस्री श्रीमती भित्र्याउन खोज्ने एक व्यक्तिलाई पहिलेका दुई श्रीमतीले मिलेर कुटपिट गरेका छन्।

    तामिलनाडुका नागरिक एस अविर्धन्द जो दिनेश भनेर चिनिन्छन् उनले सन् २०१६ मा पहिलो विवाह गरेका थिए।

    यसै वर्षको सुरुवातमा उनले दोस्रो विवाह गरेका थिए। तर जब हालै उनले तेस्रो विवाह गर्ने प्रयास गरे पहिलेका दुई श्रीमतीले मिलेर उनलाई कुटपिट गरेका छन्।

    उक्त कुटपिटको घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा दुवै महिलाले दिनेशलाई कुटेको देखिन्छ। भिडियोमा ती महिलाहरुका आफन्तले समेत दिनेशलाई कुटपिट गरेको देखिएको छ।

    कुटपिटको घटना पश्चात यतिबेला कुटपिटमा संलग्न महिलाहरु आफ्नै माइती फर्किएको डेली मेलले जनाएको छ।

    यतिबेला दिनेशमाथि बहुविवाहको कसुरमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

    बहुविवाह भारतमा अवैध मानिन्छ। सन् १९५६ देखि नै भारतमा बहुविवाह गर्न नपाइने कानुन छ। यद्यपी अधिकाँश मुसलमान समुदायमा मानिसहरुले त्यहाँ बहुविवाह गर्दै आएका छन्।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार