सोमबार, भाद्र १ गते २०८३
images

दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

  • 4.7K
    SHARES
  • भाद्र २८, २०७६ शनिबार

    काठमाडौं । साउदी अरेबियाको दुईवटा प्रमुख तेल खानीमा ड्रोन आक्रमण भएको छ । सरकारी स्वामित्वमा रहेका दुई तेल खानीका तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी भएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

    अबकेकमा रहेको अरामको कम्पनीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । सर्वाजनिक भएका भिडियो फुटेजमा आगोको भीषण मुस्लो र धुवाँ देखिएको छ ।

    दोस्रो ड्रोन आक्रमण खुराइसमा रहेको तेल प्रशोधन केन्द्रमा भएको हो र त्यसका कारण भीषण आगलागी भएको छ । आगलागी हाल नियन्त्रणमा आएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

    साउदी अरेबियामा यसअघि हुने गरेका यस्ता आक्रमणमा इरानको सहयोग पाएका हुथी बिद्रोहीको संलग्नता रहने गरेको थियो । तर हालको आक्रमणमा कसको संलग्नता थियो भन्ने खुलाइएको छैन । नेपाली समय अनुसार शनिबार बिहान पौने सात बजेतिर आक्रमण भएको हो ।

    अबकेकमा रहेको तेल प्रशोधन केन्द्रमा सन् २००६ मा अल–कायदाले आत्मघाती आक्रमण मार्फत निशाना बनाउने प्रयास गरेको थियो, तर सो आक्रमण साउदी सुरक्षाकर्मीले असफल पारेका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार