मंगलबार, भाद्र २ गते २०८३
images

बोलिभियामा नवनिर्वाचित राष्ट्रपतिले दिए राजीनामा

  • 2.4K
    SHARES
  • कार्तिक २६, २०७६ मंगलबार

    काठमाडौं । बोलिभियाका राष्ट्रपति इबो मोरालेसले राजीनामा घोषणा गरेका छन् ।

    चुनावमा धाँधलीको आरोप लगाउँदै देशव्यापी प्रदर्शन र सेनाको दबावपछि अन्ततः उनले राजीनामा घोषणा गरेका हुन् । साथै उनले नयाँ निर्वाचनको लागि आग्रह पनि गरेका छन् । सेनाप्रमुखले समेत राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेपछि मोरालेसको राजीनामा घोषणा भएको हो।

    ‘बोलिभियाको विधानसभामा मैले राजीनामा पत्र पठाएको छु,’ मोरालेसले भनेका छन् । साथै उनले आन्दोलन मत्थर पार्न र आक्रमण रोक्न आग्रह गरेका छन् । पछिल्लो समय राष्ट्रपति निवास अगाडि नै प्रहरीले प्रदर्शन निकालेपछि मोरालेसलाई थप दबाव सिर्जना भएको थियो । उनी बोलिभियामा लगातार चौथोपटक राष्ट्रपति निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार