बुधबार, भाद्र ३ गते २०८३
images

लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा राखेर उपचार

  • 2.9K
    SHARES
  • कार्तिक २६, २०७६ मंगलबार

    काठमाडौं । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।

    छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।

    सामाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार ९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन् र स्वास्थ्य गम्भीर छ ।

    भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार