नयाँ दिल्ली । भारतको राजस्थानस्थित बिकानरमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।
बिकानर जिल्लामा पर्ने राष्ट्रिय राजमार्गका दुंगरगरनजिकै सोमबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार ९ जना घाइतेलाई उपचारका लागि पिबिएम अस्पताल पुर्याइएको थियो । राजस्थान लोक परिवहन बस सेवा अन्तर्गतको यात्रुवाहक बस अर्को मालवाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।