मंगलबार, भाद्र २ गते २०८३
images

कालापानी भारतको हो, भारतमै रहन्छः उत्तराखण्डका मुख्यमन्त्री

  • 3.1K
    SHARES
  • मंसिर ३, २०७६ मंगलबार

    काठमाडौै । भारतस्थित उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले विवादित कालापानी क्षेत्र भारतको भएको दाबी गरेका छन्।

    कालापानीलाई लिएर भारत र नेपालबीच विवाद उत्पन्न भइरहेको समयमा उनको अभिव्यक्ति आएको हो।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालापानी नेपालको हो त्यसको एक इन्च पनि जमिन भारतले नपाउने’ बताएपछि रावतले ओलीलाई जवाफ दिएका हुन्।

    त्रिवेन्द्रले भने,‘नेपालले कालापानी आफ्नो भनेर दाबी गरिरहेको छ। यो चिन्ताजनक विषय हो। कालापानी भारतको हो र भारतमै रहन्छ।’

    ओलीले हालै कालापानीबाट भारतीय सेना फिर्ता पठाउन भारतलाई आग्रह गरेका थिए। ओलीले नेपालस्थित कालापानीको भूमि भारतले अतिक्रमण गरेको आरोप लगाएका थिए।

    भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी भारतमा देखिएपछि नेपालीहरुले भारतविरुद्ध विरोध गरिरहेका छन्।

    भारतीय संचारमाध्यम अमर उजालाका अनुसार उत्तराखण्का मुख्यमन्त्रीले कुटनीति र वार्ताबाट सीमा विवाद टुंग्याउनु पर्ने बताएका छन्।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार