मंगलबार, भाद्र २ गते २०८३
images

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सेनाको मृत्यु

  • 2.5K
    SHARES
  • मंसिर ४, २०७६ बुधबार

    काठमाडौं । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

    हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ।

    अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुलाइएको छैन्।

    तर अफगान सरकार र गठबन्धन सेनासँग लडिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना आफूले गोली हानेर गराएको दाबी गरेका छन्।

    सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेनाको मारिनुको साथै अन्य छ घाइते भएका थिए।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार