सोमबार, भाद्र १ गते २०८३
images

टुटल र पठाओलाई भाडामा यात्रु नबोक्न विभागको चेतावनी

  • 5.4K
    SHARES
  • मंसिर ४, २०७६ बुधबार

    काठमाडौं । यातायात व्यवस्था विभागले निजी सवारी साधनलाई भाडामा मान्छे नबोक्न भन्दै सूचना जारी गरेको छ। विभागले यातायात व्यवस्था ऐनमा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने प्रावधान रहेकोले सूचना जारी गरिएको जनाएको छ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले टुटल, पठाओ लगायतका सेवालाई पनि समेट्दैन। विभागले जारी गरेको सूचना टुटल, पठाओजस्ता सेवामा पनि लागू हुन्छ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था रहेको छ। त्यस्तै दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइनेछैन ।

    विभागले अत्यन्त जरुरी सूचना भन्दै सवारी तथा यातायात व्यवस्था ऐनअनुसार निजी प्रयोजनका लागि दर्ता भएका सवारीले साधनहरु भाडा लिई यात्रु ओसार कानुन उल्लंघन भएको उल्लेख गरेको छ।

    निजी सवारीसाधन सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार