मंगलबार, भाद्र २ गते २०८३
images

डाक्टरले निकाले बिरामीको शरीरबाट ७ केजीको मृगौला

  • 3.4K
    SHARES
  • मंसिर १०, २०७६ मंगलबार

    काठमाडौं । भारतीय डाक्टरहरुले एक बिरामीको शरीरबाट ७ दशमलब ४ केजीको मृगौला झिकेका छन्। उक्त मृगौला दुईवटा नवजात शिशुको तौल जत्तिकै भएको जनाइएको छ।

    समान्यतया मृगौला १ सय २० देखि १ सय ५० ग्रामका हुन्छन्। तर अटासोमाल डोमिनेन्ट पोलिसिस्टीक रोग लागेका उनको मृगौला बढ्दै जाँदा ७ केजीभन्दा बढीको भएको थियो।

    दिल्लीस्थित सर गंगा राम अस्पतालका डाक्टर सचिन कथुरियाका अनुसार हाल बिरामीको शरीरबाट हटाइएको मृगौला भारतमै सबैभन्दा ठूलो मृगौला हो।

    मृगौलाले बिरामीको स्वासप्रस्वासमा समस्या भएपछि उक्त मृगौला झिकिएको जनाइएको छ। एजेन्सी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार