सोमबार, भाद्र १ गते २०८३
images

धनुषा बम विष्फोट : प्रहरी इन्सपेक्टरसहित ३ को मृत्यु,४ गम्भीर घाइते

  • 3.6K
    SHARES
  • मंसिर २८, २०७६ शनिबार

    जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा मध्यरातमा भएको शक्तिशाली बम बिस्फोटमा परि  घाइते भएका  प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइत दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले  बताएको छ  ।

     धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट भएको थियो  । महेन्द्रनगरको उत्तरपूर्वतर्फ कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भैसकेको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ  भने ४ जनाको अवस्था गम्भीर छ ।

    घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार