आइतबार, श्रावण ३१ गते २०८३
images

म्यानपावर कम्पनीले कोरिया कामदार पठाउन पाउने बाटो खुल्यो


  • 2.5K
    SHARES
  • चैत्र ६, २०८० मंगलबार

    काठमाडौं - नेपालबाट श्रमकालागी श्रमिकहरु दक्षिण कोरिया पठाउन पाउने गरि सरकारले कार्यबिधी जारी गरेको छ। यस अघि सरकारले मात्र ईपीएस मार्फत श्रमिक कोरिया पठाउने गरेको थियो। यो कार्यविधि जारीसंगै अब नेपाली म्यानपावर कम्पनीहरुले पनि श्रमिकहरु कोरिया पठाउन सक्ने बाटो खुलेको छ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको कार्यविधीमा बैदेशिक रोजगार विभागमा दर्ता भएका म्यानपावरहरुले तोकिएको मापदण्डहरु पूरा गरे ई-७ भिसा प्रणाली अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउन पाउने प्रवधान राखिएको छ। म्यानपावर कम्पनीहरुले श्रमिक कोरिया पठाउनकालागी सहजीकरण र भाषा तथा आवश्यक सीप प्रशिक्षण संचालनको काम समेत गर्न पाउने छन। 

    भाषा प्रशिक्षण तालिम केन्द्रमा आधिकारिक प्रमाणपत्र भएका वा लिएका कम्तीमा दुई शिक्षक अनिवार्य हुनुपर्ने सर्त राखिएको छ भने प्रचलित मापदण्ड अनुसारको आफ्नै स्वामित्वको तालिम केन्द्र वा जुनसुकै बेला उपयोग गर्न सकिने करार सम्झौता गरिएको तलिम केन्द्र हुनुपर्ने शर्त राखिएको छ।

    नेपाली म्यानपावर कम्पनीले आवश्यक कल्याणकारी सेवा, डिमान्ड संकलन, प्रमाणीकरण, सहजीकरण र सेवा तथा कार्य प्रयोजनका लागि कोरियामा कानुनीरुपमा दर्ता भएको वा अनुमती प्राप्त एसोसिएसनसंंग सम्झौता गरेको हुनुपर्ने छ। उक्त सम्झौता गरेको संस्थाले नेपाली श्रमिक तथा म्यानपावर कम्पनीसंग कुनै पनि शुल्क नलिने सम्झौतामा उल्लेख हुनुपर्ने छ।

    कार्यविधिमा कामदार पठाउदा लाग्ने बिमा, स्वास्थ परिक्षण, कल्याणकारी तथा सामाजिक सुरक्षा कोषमा योगदान, श्रम स्वीकृतिमा लाग्ने खर्छ र हवाई भाडा रोजगारदाताले नै ब्यहोर्नु पर्ने उल्लेख गरेको छ। रोजगारदाताले नब्यहोरेमा म्यानपावर कम्पनीले उठाउने सेवा शुल्क मन्त्रालयले तोके बमोजिम मात्र हुनेछ। तर मन्त्रालयले यति नै रकम भनेर तोकेको भने छैन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार