सोमबार, भाद्र १ गते २०८३
images

बालेनको कडा प्रहार प्रधानमन्त्री दाहाललाई


  • 2.0K
    SHARES
  • माघ १, २०८० सोमबार

    काठमाण्डौं - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेनले) प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी बितरणको पुन: उद्घघाटन गरेको बिषयलाई लिएर कडारुपमा व्यंग्य गर्नु भएको छ। मेयर बालेनले एउटै परियोजना बारम्बार उद्घघाटनको विश्व कीर्तिमानी कायम गरेर कति पटक एउटा मन जित्नु हुन्छ भन्दै कडारुपमा व्यंग्य गर्नु भएको हो।

    मेयर बालेनले आज सामाजिक संजालमा "विभिन्न मितिमा खानेपानी मन्त्री देखि लिएर रास्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घघाटन ५ पटक भैसक्यो" मेयर बलेनले हामी आलोचना मात्र गर्न चाहन्नौ। यति चाहन्छौ, बार्है महिना चौबिसै घण्टा पानी आओस। हरेक पटक भन्ने गरेका छौ, हामी केन्द्र सरकार सँग सहकार्य गर्न चाहन्छौ। यो मौका दिनुहुनेछ भन्ने आशा लिएका छौ। सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाईयोस धन्यवाद, हाम्रो मान साच्चै जित्नु भयो भनेर।

    मेयर बालेनले बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको फिल्ड अवलोकन गरेर आज प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको खानेपानीको उद्घघाटनको व्यंग्य गर्नु भएको हो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार