मंगलबार, भाद्र २ गते २०८३
images

आगलागी हुँदा ६ जनाको मृत्यु, १३ घाइते

  • 2.4K
    SHARES
  • पौष ६, २०७६ आइतबार

    अमेरिकी शहर लास भेगसमा शनिबार विहान एक अपार्टमेन्टमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य १३ जना घाइते भएका छन्। सीएनएनका अनुसार अल्पाइन मोटेल अपार्टमेन्टमा बिहान ४ बजे आगलागी भएको थियो।

    प्रहरीका अनुसार जाडोमा हिटर नभएको अवस्थामा त्यहाँका मानिसले स्टोभ लामो समयसम्म चलाएपछि आगलागी सुरु भएको थियो।

    उक्त अपार्टमेन्टमा ७० जना मानिसहरु बस्ने जनाइएको छ। आगलागका कारण ४ लाख ७५ हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार