मंगलबार, भाद्र २ गते २०८३
images

शनिबार बिहानै कार बम बिस्फोट, २० जनाको मृत्यु

  • 3.8K
    SHARES
  • पौष १२, २०७६ शनिबार

    अफ्रिकी राष्ट्र सोमालियामा शनिबार बिहानै कार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ।

    राजधानी मोगादिशुमा बिहानीको व्यस्त समयमा कार बम बिस्फोट भएको बीबीसीले जनाएको छ।

    एएफपीसँग कुरा गर्दै प्रहरी अधिकृत इब्राहिम मोहमदले भने,‘बिस्फोट निकै शक्तिशाली थियो। २० जनाभन्दा बढीको मृत्यु भएको छ। धेरै जना घाइते भएका छन्।’

    हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्। त्यस क्षेत्रमा अल सबाब शसस्त्र समूहले हिंसा मच्चाउँदै आएका छन्।

    अलकायदासँग सम्बन्ध भएको अल सबाबले दश वर्षयता सोमालियामा हिंसा मच्चाइरहेका छन्।

    राजधानी मागादिशुबाट अल सबाबको नियन्त्रण सन् २०११ बाट हटाइए पनि केही क्षेत्रमा अझै अल सबाबकै नियन्त्रण छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार