मंगलबार, भाद्र २ गते २०८३
images

दिल्लीमा शताब्दीकै ठण्डी दिन

  • 2.7K
    SHARES
  • पौष १५, २०७६ मंगलबार

    भारतको राजधानी नयाँ दिल्लीको मौसम शताब्दीयताकै ठण्डी भएको छ। सन् १९०१ देखि दिल्लीमा तापक्रम नाप्न थालिएको थियो।

    सोमबारको अधिकतम तापक्रम सबैभन्दा कम अर्थात् ९.४ डिग्री सेल्सियस पुगेको छ।

    २ जनवरी २०१३ मा अधिकतम तापक्रम ९.८ डिग्री सेल्सियस रहेको थियो।

    केही दिनयता न्यूनतम तापक्रम भने १ देखि ३ डिग्री सेल्सियसको बीचमा छ।

    चिसोका कारण घरबारविहीनहरुको बेहाल भएको छ।

    त्यसमाथि दिल्ली प्रदुषणको मारमा पनि परेको छ। बाक्लो हुस्सुका कारण हवाई यातायात प्रभावित भएको छ। बीबीसी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार