मंगलबार, भाद्र २ गते २०८३
images

कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा

  • 2.9K
    SHARES
  • माघ ८, २०७६ बुधबार

    काठमाडौं । चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा प्रवेश गरेको छ। चिनियाँ अधिकारीहरुले यस भाइरसको रोकथाम गर्न अब गाह्रो हुने स्वीकारर्दै यसको महामारी गम्भीर चरणमा प्रवेश गरेको बताएका हुन्।

    हालसम्म यस भाइरसबाट ६ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी यसबाट चीनमा संक्रमित छन्।

    मंगलबार मात्र चीनले यस भाइरस मानवबाट पनि सर्ने पुष्टि गरेको थियो। मंगलबार स्वास प्रस्वासबाट यस रोग सर्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको थियो।

    तर यस भाइरसको जड के हो भनेर चीनले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

    यसैबीच अमेरिकामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। चीनबाट सियटल फर्किएका अमेरिकी नागरिकमा यो रोग भेटिएको अमेरिकाले पुष्टि गरेको हो। बीबीसी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार