मंगलबार, भाद्र २ गते २०८३
images

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

  • 2.2K
    SHARES
  • माघ ११, २०७६ शनिबार

    काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

    ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।

    भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ । भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् ।

    टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।

    टर्कीमा भूकम्प स्वभाविक मानिन्छ । सन् १९९९ मा यहाँ गएको भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार