मंगलबार, भाद्र २ गते २०८३
images

विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनयुक्त बोइङ ७७७ एक्स विमानले गर्‍यो सफल परीक्षण उडान

  • 2.6K
    SHARES
  • माघ १२, २०७६ आइतबार

    विमान निर्माता कम्पनी बोइङले विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनसहितको जेट विमान ७७७ एक्सको सफल परीक्षण उडान गरेको छ । पहिलो परीक्षण उडान सफल भएको बोइङले जनाएको छ ।

    ७३७ म्याक्स संस्करणका दुई विमान दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि संकटमा परेको इज्जत उकास्ने पहिलो प्रयास हो यो बोइङको । विगत एक वर्षदेखि बोइङ ७३७ म्याक्स संस्करणका विमान विश्वभर ग्राउण्डेड छन् ।

    बोइङको नयाँ जेट विमान ७७७ एक्सको परीक्षण उडान अमेरिकाको सियाटलबाट सुरु भएको थियो । सो विमानले चार घण्टाको उडान भेरेर सफल अवतरण गरेको हो । यसअघि यहि हप्ता यो विमानको परीक्षण उडान तीव्र गतिको हावाका कारण दुई पटक स्थगित गरिएको थियो ।

    यो विमानले आउँदो वर्षदेखि इमिरेट्स एयरमार्फत व्यवासयिक उडान सुरु गर्दैछ । त्यसअघि विभिन्न चरणमा परीक्षण उडान हुनेछन् ।

    २५२ फिट लामो जेट विमान यहि वर्ष व्यवसायिक प्रयोजनका लागि प्रस्तुत गर्ने तयारी थियो तर केही प्राविधिक समस्या देखिएपछि अर्को वर्षका लागि सारिएको हो ।

    बोइङको सफल ७७७ मिनी–जम्बो विमान भन्दा ७७७ एक्स ठूलो र बढी किफायती छ । यो विमानको सिट क्षमता ३६० रहेको छ । यसको प्रतिस्पर्धा एयरबसको ए ३५०–१००० विमानसँग हुनेछ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार