काठमाडौं । अफगातिस्तानमा एरियाना अफगान एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । सोमबार पूर्वी अफगानिस्तानमा विमान दुर्घटनामा परेको हो।
दुर्घटनामा भएको क्षतिको विवरण भने अहिलेसम्म आउन सकेको छैन। अफगान रक्षा मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
एरियाना न्युजका अनुसार उक्त विमानमा ८३ जना सवार थिए। उक्त विमान हेरातदेखि काबुलको लागि उडेको थियो। दुर्घटना गज्नी प्रान्तमा भएको हो।
विमान दुर्घटना भएको क्षेत्र तालिवान लडाकुहरुको नियन्त्रणमा रहेको क्षेत्र भएको बताइएको छ।