कोरोना भाइरसको संक्रमण १८ देशमा फैलिएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण झन्डै पाँचहजार जनामा देखिएको छ।
चीनबाहेक यस संक्रमण १७ देशमा फैलिसकेको छ। चीनबाहिर कोरोनाको संक्रमण ६८ जनामा देखिएको सीएनएनले जनाएको छ।
कुन देशमा कति संक्रमित?
१. थाइल्यान्डः १४
२. हङकङः ८
३. मकाउः ५
४. अस्ट्रेलियाः ५
५. सिंगापुरः ५
६. अमेरिकाः ५
७. मलेसियाः ४
८. जापानः ४
९. दक्षिण कोरियाः ४
१०. ताइवानः ४
११. फ्रान्स ३
१२. भियतनामः २
१३. क्यानडाः १
१४. कम्बोडियाः १
१५. जर्मनीः १
१६. नेपालः १
१७. श्रीलंकाः १ सीएनएन