मंगलबार, भाद्र २ गते २०८३
images

भारतमा पनि भेटियो कोरोना भाइरस संक्रमित

  • 1.9K
    SHARES
  • माघ १६, २०७६ बिहीबार

    काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस भारतमा पनि पुगेको छ । केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ ।

    नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ । कोरोना भाइरसले चीनमा १७० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार